काठमाण्डाैमा गर्मी बढ्दै : शुक्रबारभन्दा आज चार डिग्री सेल्सियसले बढ्याे

 फागुन ३, २०७६ शनिबार ८:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको आज बिहानको तापक्रम हिजो शुक्रबारको भन्दा ४ डिग्री सेल्सियसले बढेको छ ।

शुक्रबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैको आज बिहानको तापक्रम १० डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डाैको आज दिउँसोको तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने छ ।

राति बादल लागेकाले बिहानको तापक्रम बढेको मौसमविद्काे भनाइ छ । सामान्यतया राति बादल लाग्दा बिहानको तापक्रम बढ्ने र राति आकाश खुल्ला भए बिहानको तापक्रम घट्ने गर्छ ।

आज शनिबार काठमाण्डाैसहित पहाडी क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको तर पानी भने कतै पनि नपर्ने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।अरु ठाउँको मौसम भने सफा नै हुनेछ ।

पहाडी क्षेत्रको मौसम बदली भएपछि चिसो महसुस हुनेछ । पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज, भोलि आइतबार र पर्सि साेमबार कतै पनि पानी नपर्ने मौसमविद् पोख्रेलको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया