सरकारकाे २ वर्षकाे कामकाे समीक्षाबारे प्रधानमन्त्रीले आजकाे बैठकमा सम्बाेधन गर्ने

 फागुन ३, २०७६ शनिबार ९:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारले २ वर्षमा गरेका कामबारे संसदमार्फत जानकारी दिनुहुने भएको छ ।

संसदको शुक्रबारको बैठकमै प्रधानमन्त्रीले संबोधन गर्ने तय भएकाे भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण सम्बाेधन आज शनिबारका लागि सरेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्ने तयारी रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया