म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - चीनको वुहान शहरमा रहेका एक सय ७६ जना नेपालीलाई नेपाल ल्याइएको छ ।
कोरोना भाइरस फैलन सुरु भएको वुहानमा रहेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर विमानमार्फत आइतबार बिहान चार बजेतिर काठमाण्डौ आइपुगेका हुन् ।
आवेदन दिएका १ सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने ४ जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दुतावासले जनाएको छ ।
१ सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् । उनीहरु बिहान ४ बजेतिर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएका छन् ।
चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि १ सय ३४ जना पुरुष र ४१ जना महिलासहित १ सय ७५ जना नेपाल ल्याइएको हो ।
वुहानमा रहेका नेपालीहरु लिन एअरलाइन्सको ए ३३० विमान शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
यसैबीच सरकारले चीनबाट नेपाल फर्किने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीमा निर्माण गरेको क्वारेण्टाइनको सम्पूर्ण तयारी पूरा भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार राति नेपाल ल्याइने नेपालीहरुलाई १५ दिनसम्म खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिनेछ ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।