म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – चीनबाट ल्याइएका एक सय ७५ जना नेपालीको रगत र खकारको नमुना सङ्कलन भइरहेको छ ।
कोरोनाको सङ्क्रमण भए नभएको जाँच गर्नको लागि अहिले नमुना सङ्कलन भइरहेको हो । सङ्कलन गरिएको नमुना टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने सरकारको तयारी छ । क्वारेन्टाइनमा राखिएकाहरुको नमुना नियमित परीक्षण गर्ने जनाइएको छ ।
चीनबाट विशेष विमानमा आइतबार बिहान ३ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्य सामान्य पाइएपछि खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।
क्वारेन्टाइन लैजानुअघि त्रिभुवन विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल फर्कन आवेदन दिएका एक सय ८५ जनामध्ये ६ जनालाई ज्वरो आएको पाइएको र चार जनाले नेपाल फर्कन अस्वीकार गरेका कारण उनीहरु १० जनाबाहेक अन्यलाई नेपाल ल्याइएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
एक सय ७० जना विद्यार्थीसहित दुई जना बालबालिका, दुई जना पर्यटक र एक जना कामदार नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल ल्याइएका एक सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित चालक दलका सदस्य चिकित्सकलगायतलाई १४ दिन डाक्टरको निगरानीमा राखिनेछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भए वा नभएको टुङ्गो लगाउन १४ दिन डाक्टरको निगरानीमा राख्नैपर्ने नियम बनाएको छ । चालक दलका सदस्य र चिकित्सक गरी १७ जनालाई नगरकोटको खानेपानी कार्यालयमा बनाइएको अर्को क्वारेण्टाइनमा राखिएको छ ।
चीनबाट ल्याइएका नागरिक कोरोना प्रभावित नभएको र उनीहरुलाई निगरानीमा राख्नुपर्ने नियमअनुसार क्वारेण्टाइन बनाएर राखिएको र कुनै समस्या देखिए तत्काल उपचारका लागि अस्पताल लगिने भएकाले खरिपाटी र नगरकोट तथा त्यस आसपासका नगारिक आत्तिन नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।