म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - चीनको वुहानबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखेपछि स्थानीय बासिन्दाका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।
स्थानीय बासिन्दामा डर बढेकोले उनीहरुका लागि निःशुल्क हेल्थ डेस्क राखिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । चाँगुनारायण–७ घुमाउनेमा रहेको सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक डाक्टर र एक नर्ससहितको टोली उपचारमा खटिएका छन् ।
आज आइतबार पहिलो दिन भएकाले स्वास्थ्य परीक्षणका लागि कोही नआएको डाक्टरले बताएका छन् । यसैबीच, चीनबाट ल्याइएका १ सय ७५ जना नेपालीको रगत र र्यालको नमुना संकलन गरिएको छ । संकलन गरिएको नमुना परीक्षणका लागि टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
चीनबाट विशेष विमानमा आज बिहान ४ बजेतिर त्रिभुवन विमानस्थल ल्याइपुर्याइएका १ सय ७५ जनालाई स्वास्थ्य सामान्य पाइएपछि खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइन लैजानु अघि त्रिभुवन विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुईपटक स्वास्थ्य परीक्षण गरिएको थियो । ने
पाल ल्याइएको १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालक, सहित चालकदलका सदस्य चिकित्सक लगायतलाई १४ दिन डाक्टरको निगरानीमा राखिनेछ । विश्व स्वास्थ्य संगठनले कोरोना भए नभएको टुंगो लगाउन १४ दिन डाक्टरको निगरानीमा राख्नैपर्ने नियम बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।