काठमाण्डौमा तुवाँलो, बुधबारदेखि सुधार हुने अनुमान

 फागुन ५, २०७६ सोमबार ७:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा बिहान बाक्लो तुवाँलो लागेको छ । भिजिबिलिटी अर्थात हेर्न सकिने अबस्था १५ सय मिटरमात्र रहने गरी तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान् महाशाखाका मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँले जमिन र वायुमण्डल बीचको वायूलाई छेक्ने तह अर्थात ईन्भर्जन लेयरका कारण धेरै ठाउँमा तुवाँलो लागेको बताउनुभयो । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर बिस्तारै हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो बढेको मौसमविद अर्यालले बतानुभयो ।

लामो समयदेखि पानी पर्न नसकेको, तल्लो तहको हावा तात्ने गरी घाम नलागेको र हावा नचलेको तथा प्रदुषणको मात्रा बढेको कारण बाक्लो तुवाँलो लागेको हो । अहिले वायुमण्डलमा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले स्वास्थ्यमा समस्या आउने भएकोले घर बाहिर निस्कँदा मास्कको प्रयोग तथा अरु सुरक्षाका उपाय अपनाउन पनि अर्यालले आग्रह गर्नुभयो । तुवाँलो हट्नका लागि पानी पर्नुपर्ने र आउँदो बुधबार पश्चिमी न्यून चापीृ प्रणालीको असर देखिने भएकोले त्यसपछि सुधारको आशा गरिएको उहाँले बताउयनुभयो ।

यसैबीच आज देशको सबैजसो ठाउँमा बादल लाग्ने र मध्य तथा पूर्वी पहाडी भेगको केही ठाउँमा सामान्य पानी समेत पर्ने महाशाखाले जनाएको छ । तराईमा दिउँसोपख मौसम खुल्ने भए पनि पहाडी क्षेत्रमा भने दिनभर नै आँशिकदेखि सामान्य बादल लाग्ने मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया