काठमाण्डौमा तार भूमिगत गर्ने काम आजदेखि, सडक खनेको १० दिनमै पीच !

 फागुन ५, २०७६ सोमबार ७:४७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि तार भूमिगत गर्ने कामको थालनी गर्दैछ । तार भूमिगत गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट शुभाराम्भ गर्दै हुनुहुन्छ । विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गर्दैछ ।

'हामीले मुख्य गरी बिजुलीका तार अन्डरग्राउन्ड गर्दैछौं, तर हाम्रो लाइनमा अरु सेवा प्रदायकका सबै तार अन्डरग्राउन्ड हुनेछन्, तारकै कारण कुरुप बनेको सहर सफा हुनेछ’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो ।

सडक खनेको १० दिनमै पहिलेको जस्तै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको पनि उहाँले जानकारी दिनुभयो । 'एकैपल्ट जताततै सडक खन्दैनौं,२/४ किलोमिटर खन्दै, पीच गर्दै काम हुन्छ, त्यसमाथि व्यवस्थित हिसाबले खन्ने हुँदा पहिले जस्तो धुलो धुँवा हुने गरी खन्दैनौं’ घिसिङले भन्नुभयो ।

तार अन्डरग्राउन्ड गर्दा पहिलेजस्तो माथिबाटै भताभुङ्ग हुनेगरी नखन्ने र मुसाले दुलो पारेजस्तै गरी अर्थात होराइजेन्टल जेन्टलन डाइरेक्सनल ड्रिलिङ प्रबिधीको प्रयोग हुनेछ ।

दुई वटा बितरण केन्द्रको तार ३२ महिनाभित्र अन्डरग्राउन्ड गर्न भारतीय कम्पनी

तार भूमिगत गर्नको लागि केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । महाराजगञ्ज वितरण केन्द्रका तार  अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा तथा रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको छ ।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको तयारी छ। यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ॠण सहयोग गरेको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Mubarak ali

    Feb. 17, 2020, 8:21 a.m.

    Good job

  •  0 Reply
  • Bijaya khanal

    Feb. 17, 2020, 8:11 a.m.

    धेरै राम्रो कुरा हुन लागेकोमा खुसी लाग्यो। कुलमानजी लाइ हार्दिक बधाइ!!

  •  0 Reply
  • Om prakash Neupane

    Feb. 17, 2020, 8:02 a.m.

    कामको गुणस्तरीयतामा ख्याल गर्न पर्‍यो ।यो बनाएको कति बर्स सम्म टिक्ने हो जनतालाइ सुसूचित गर्न पर्‍यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया