धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको ज्यान गयो

 फागुन ५, २०७६ सोमबार ९:४:१० | उज्यालो सहकर्मी

सप्तरी - सप्तरीमा भैरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर ज्यान गएको छ ।

सम्मेलनमा सहभागी हुन आएका भारत मोतिहारी जिल्लाका हारु रसिद आइतबार साँझ बेहोस भएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि ज्यान गएको प्रहरीले जनाएको छ । शनिबारदेखि सुरु भएको सम्मेलनमा झण्डै साँढे दुई लाख मानिस सहभागी भएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया