म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगकाे सहकार्यले मात्रै देश समृद्ध हुने बताउनुभएकाे छ ।
निजी क्षेत्रले व्यावसायिक प्रवर्द्धनकाे लागि ढुक्कसँग काम गर्ने वातावरण बने मात्रै पनि देश समृद्धिकाे दिशातर्फ अघि बढ्ने उपाध्यक्ष ढकालले बताउनु भयाे ।
दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइतबार सम्बोधन गर्दै निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा नलिएसम्म देश विकास नहुने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो, ‘देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो । यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ ।’
नेपालका तीन वटै तहका सरकारहरुले प्रदेशस्तरमा लगानी भित्र्याउन निजी क्षेत्रसँग साझेदारी गर्नुपर्ने उहाँले बताउनुभयाे । स्थानीय उत्पादनभन्दा पनि बाहिरबाट आयातित वस्तु मेलामा राखेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले मेलामा स्थानीय तहमा उत्पादित वस्तु राख्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।