म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौमा टिप्परको ठक्करबाट फेरि अर्का एक जनाको ज्यान गएको छ ।
मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो । माघ महिनामै तनहुँ, सुर्खेत, कञ्चनपुर र नवलपरासीमा पनि टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्रुको ज्यान गएको थियो ।
ट्राफिक नियमको उल्लङ्घन गर्दै तीव्र गतिमा चलाएकै कारण टिप्परले ठक्कर दिने र ज्यान लिने क्रम बढेको भन्दै विरोध हुँदै आएको छ ।
टिप्परबाट हुने दुर्घटना रोक्नकै लागि काठमाण्डौमा दिउँसोको समयमा टिप्पर चलाउन नपाउने नियम लागू भए पनि रातिको समयमा टिप्पर तीव्र गतिमा हुइँकिँदा दुर्घटना कम हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।