म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको मङ्गलबार निधन भएकाे छ ।
ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उहाँका निधन भएकाे हाे । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित हुनुहुन्थ्यो र दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।
विसं २००१ कात्तिक १ गते जन्मनुभएका विसं २०४८ को आम चुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
उहाँको निधनप्रति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, 'नेपाली काङ्ग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान् अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली काङ्ग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।