म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दरबार नजिकका मानिसहरुले आफ्नो पार्टी र नेतृत्वलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
पार्टीको प्रदेश पाँच कमिटिले बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले आफू र पार्टीविरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिनुभयो । उहाँले पूर्व राजा र राजसंस्थासँग आफू र आफनो पार्टीको सम्बन्ध राम्रो रहेको पनि बताउनुभयो ।
अध्यक्ष थापाले अहिलेको सरकार संसदमा अङ्क गणितको हिसाबले निकै बलियो भए पनि नागरिकका आधारभूत समस्या समाधान गर्न भने निकै कमजोर साबित भएको दाबी पनि गर्नुभयो ।
उहाँले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । एमसीसी देशको हितमा रहे पनि नागरिकमा भने अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
'सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, सरकारले त्यो भ्रम चिर्ने काम गर्नुपर्छ', उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।