म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ मा उत्पादन र पर्यटनका थुप्रै सम्भावना रहेको बताउनुभएको छ ।
रौतहटको मौलापुरमा मधानी महायज्ञको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धनलाई जोड दिएर समृद्ध प्रदेशको आधार बन्न सक्ने बताउनुभयो ।
राैतहट पूर्व पश्चिम राजमार्गसँग जोडिएकाले यहाँ पर्यटन पूर्वाधार बनेमा पर्यटकको आकर्षण झनै बढ्ने राष्ट्रपति भण्डारीको भनाइ छ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेमा विदेशी पर्यटक आउन सहज हुने उहाँले बताउनुभयो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीयले गरेको सहयोगले राज्यलाई बल पुगेको उहाँको भनाइ छ । ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीयको साथ र सहयोग रहेको पाइएको छ, यसले राज्यलाई बल प्राप्त भएको छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।