म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटी क्वारेन्टाइनको निरीक्षण गर्नुभएकाे छ । क्वारेन्टाइन व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित अरु सुरक्षाकर्मीसँग ब्रिफिङ लिनुभएको छ ।
क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २ सय ५० जनाको टोली अहोरात्र खटिरहेका छन्। कन्ट्रोल रुमबाट सम्बोधन गर्दै उद्दार गरिएका नेपालीलाई उहाँले सरकार आफ्ना नागरिकप्रति सचेत र जिम्मेवार रहेको बताउँदै सरकार सधै नागरिकको साथमा रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा केही समस्या अप्ठ्याराे परे तुरुन्तै व्यवस्थापनमा जुटेका टोलीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।