इन्स्टाग्राममा कोहलीकाे रेकर्ड : ५० मिलियन फलोअर हुने पहिलो भारतीय सेलिब्रिटी

 फागुन ६, २०७६ मंगलबार १६:३१:४१ | उपेन्द्र येक्तेन
unn.prixa.net

काठमाण्डाै - भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले इन्स्टाग्राममा रेकर्ड बनाएका छन् । उनी इन्स्टाग्राममा ५० मिलियन फलोअर हुने पहिलो भारतीय सेलिब्रिटी बनेका छन्।

इन्स्टाग्राम फलोअरको सवालमा कोहलीले बलिउड अभिनेत्री प्रियंका चोपड़ालाई पछाडि पारेका छन् । प्रियंका इन्स्टाग्राममा ४९।९ मिलियन फलोअर्ससहित दोस्रो स्थानमा छिन्। २०२० को सुरुमा प्रियंका चोपडाकाे इन्स्टाग्राम फलोअर्स विराट कोहलीकाेभन्दा बढी थिए।

विराट कोहली इन्स्टाग्राम फलोअर्सहरूकाे सम्बन्धमा शीर्ष १० भारतीय उत्कृष्ट व्यक्तिहरुमध्ये परेका एक मात्र क्रिकेटर हुन्। भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको इन्स्टाग्राममा २० मिलयन लाख फलोर्असहरू छन्।

विराट कोहलीले अहिलेसम्म इन्स्टाग्राममा कुल ९३२ पोस्ट गरेका छन् भने १४८ जनालाई मात्र फलो गरेका छन्। प्रियंका चोपड़ाले अहिलेसम्म इन्स्टाग्राममा कुल ३०५६ पोस्ट गरेकी छिन् भने उनले ५०५ जनालाई फलो गरेकी छिन् ।

याे सूचीमा ४४।१ मिलियन फलोअर्ससहित दीपिका पादुकोण तेस्रोस्थानमा हो जसका छिन् ।

विश्वमा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको सेलिब्रिटी चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो हुन्। उनका २०० मिलियन फलोअर्सहरुहरू छन्।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया