कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले काठमाण्डौ रेजर्सलाई ३–१ को गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
धनगढीको जीतमा अहमद हिजाजीले ह्याट्रिक गरेका छन् । जीतसँगै चार खेलमा आठ अङ्क जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ ।
समान अङ्क रहे पनि ललितपुर सिटी एफसी गोलअन्तरमा पछि परेको छ । पराजित काठमाण्डौ ५ खेलबाट ५ अङ्कका साथ चौथो स्थानमा छ ।
एनएसएलमा आज झापा एफसी र पोखरा तथा बुटवल लुम्बिनी र ललितपुर खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।