नागढुङ्गामा जाम : उपत्यकामा गाडीको चाप बढ्याे

 फागुन ६, २०७६ मंगलबार १७:१७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैकाे मुख्य नाका नागढुङ्गामा जाम भएको छ ।

दिउँसोको समयमा नागढुंगा - नौबिसे सडकखण्ड अन्तर्गतको चिसापानीदेखि पिपलामोडसम्म सडक मर्मतको काम भइरहेकाले जाम भएको ट्राफिक प्रहरीले जनाएका छन् ।  

यो सडकखण्डमा अझै केही दिन मर्मतको काम हुने भएकाले जाम बढ्ने अनुमान छ । यस्तै, यतिबेला काठमाण्डाै उपत्यकाका धेरै ठाउँमा गाडीको चाप बढेको  छ ।

प्रहरी तालिम केन्द्र महाराजगञ्जमा सडकमा खनेको खाल्डोका कारण चाप भएको छ भने थापाथली, टेकु, कोेश्वर जडिबुटी लगायतका ठाउँमा पनि चाप रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया