काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् ।
अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ सङ्कटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो ।
आतङ्कवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा चुनावी नतिजा सार्वजनिक भएको हो ।
अफगानिस्तानमा गएको वर्षको २८ सेप्टेम्बरमा मतदान भएको थियो । सन् २००१ मा अमेरिकी बलले तालिबानलाई सत्ताबाट हटाएको थियो । त्यसपछिको यो चौथो पटकको चुनाव थियो । मतदानमा निकै धाँधली भएको आरोप लागेको थियो । मतदानको क्रममा बायोमेट्रिक डिभाइसमा प्राविधिक समस्या पनि आएको थियो । यसका साथै अनेक प्रकारका अनियमितता गरेको आरोप पनि लागेको थियो ।
मङ्गलबार अफगानिस्तानको इन्डिपेन्डेन्ट इलेक्शन कमिसन (आईईसी) का अनुसार अशरफ घानीलाई ५० दशमलव ६४ प्रतिशत मत प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले ३९ दशमलव ५२ प्रतिशत मत प्राप्त गरेका छन् ।
आईईसीले गएको डिसेम्बर महिनाको सुरुवातमा प्रारम्भिक नतिजा घोषित गर्दा विश्व बैंकका पूर्व अधिकारी अशरफ घानी झिनो मत अन्तरले विजयी भएको देखाएको थियो । यद्यपि अब्दुल्ला अब्दुल्लाले धाँधलीको आरोप लगाउँदै चुनावी नतिजा खारेज गरिदिएका थिए । उनले मतदान समीक्षाको माग गरेका थिए । अर्काेतर्फ अशरफ घानीले चुनावमा धाँधली भएको आरोपलाई खारेज गरेका थिए ।
चुनावी नतिजा घोषणा भइसकेपछि अब्दुल्ला अब्दुल्लाका चुनावी अभियानका प्रमुख फजल अहमद मनावीले ट्विटरमा भने, ‘हामी चुनावी प्रक्रियाबाट बाहिर भएका छौँ । हाम्रो नजरमा आईईसीले गरेको घोषणा प्रभावित छ, जसलाई समयले नै न्याय दिलाउनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।