आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
स्याङ्जा – भैँसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ बलमडाँडा का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भीरकोट नगरपालिकाका तेजबहादुर केसीको दुई वर्षको पाडी र भीरकोट २ की जमुना केसीको सात वर्षको लैनो भैँसी गोठबाटै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेकाे थियो । खाेजीकै क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरञ्जन घिमिरेले जानकारी दिनुभयो । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ ।
चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै भीरकाेट नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङ पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।