जर्मनीकाे हनाउ शहरमा गाेली चल्याे, ८ जनाकाे ज्यान गयाे

 फागुन ८, २०७६ बिहिबार ६:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ ।

गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए । 

सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको जनाइएको छ । 

पहिलो गोली काण्डमा तीन जनाको ज्यान गएको र दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । 

गोली चलाउनेको परिचय खुलिनसकेको र घटनाको थप विवरण आउँन बाँकी रहेको बीबीसीले जनाएको छ । 

हनाउ शहर हेसन प्रान्तमा पर्छ, जुन फ्र्याङ्कफर्टबाट पूर्वतर्फ २५ किमी टाढा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया