ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिक मानिने महान्यायाधिवक्ता विलियम बरले राजीनामा दिने विचार गरिरहेको बताइएको छ ।
न्याय मन्त्रालयको जाँचलाई लिएर ट्रम्पको ट्वीटबाट हैरान भएका विलियम बरले यसअघि आफ्नो पीडा जनाइसकेका छन् । यद्यपि ट्रम्पलाई आफ्नो उत्तराधिकारी खोज्नु चुनौतीपूर्ण हुनेछ ।
राष्ट्रपति कार्यालयका प्रशासनिक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘आफ्नो विभागीय मामिलामा ट्वीट नगर्न दिइएको चेतावनीलाई ट्रम्पले नसुनेको जस्तै गरेकाले बर दुःखी छन् ।’ यही विषयमा केही दिनअघि बरले सार्वजनिक रुपमा नै ट्रम्पमाथि टिप्पणी गरेका थिए ।
एक टेलिभिजन अन्तर्वार्तामा महान्यायाधिवक्ता बरले न्याय मन्त्रालय र कर्मचारीहरुको बारेमा ट्रम्पको ट्वीटले आफूलाई काम गर्न असहज भइरहेको बताएका थिए । तर त्यसको भोलिपल्ट ट्रम्पले बर्रको कुरालाई नजरअन्दाज गर्दै आपराधिक क्रियाकलापमा दखल गर्न सक्ने आफूसँग अधिकार भएको र विभागको ऐतिहासिक स्वतन्त्रतालाई नजरअन्दाज गर्न सक्ने बताएका थिए ।
तर विलियम बर आफ्नो राजीनामालाई लिएर कति गम्भीर छन् भन्ने बताइएको छैन । उनी ट्रम्पमाथि ट्वीट रोक्ने दबाब बनाउन चाहेको देखिन्छ । यद्यपि बरका प्रवक्ताले राजीनामाको खण्डन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।