इरानमा काेराेना भाइरसबाट २ जनाकाे ज्यान गयाे

 फागुन ८, २०७६ बिहिबार ८:४१:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (काेभिड–१९) का कारण मध्य–पूर्वमा दुई जनाको ज्यान गएको छ ।

इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितकाे ज्यान गएको थियो ।

चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया