डाेटीमा दुई वटा डाेजरमा आगजनी

 फागुन ८, २०७६ बिहिबार १०:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नचिनेकाे मानिसकाे समूहले बुधबार राति आदर्श गाउँपालिका र सायल गाउँपालिकामा रहेका दुई वटा डोजरमा आगजनी गरेका छन् ।

सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको बताइएकाे छ । आदर्श गाउँपालिकामा जलाइएको डोजर भने स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाण्डौबाट भाडामा ल्याएको जानकारी प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'नचिनेकाे समूहले डोजर जलाएको भन्ने खबर आएको छ, कसले र किन जलाएका हाे भन्ने बारेमा खोजी हुँदैछ ।' 

आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्णरुपमा क्षति भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षति भएको भन्ने जानकारी प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया