देशकै सबैभन्दा ठूलो कालिगण्डकी जलविद्युत आयोजना ४ दिन बन्द गरेर मर्मत हुँदै

 फागुन ८, २०७६ बिहीबार १४:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - १ सय ४४ मेगावाट क्षमताको कालिगण्डकी ए जलविद्युत आयोजना मर्मतको लागि ४ दिन बन्द हुने भएको छ ।

आज बेलुकी ९ बजेदेखि १२ गते सोमबार बिहान १० बजेसम्म उत्पादन बन्द गरेर आयोजना मर्मत गर्न लागिएको आयोजना निर्देशक पशुपतिराज गौतमले उज्यालोलाई जानकारी दिनुभयो । यसका कारण कोहरपुरदेखि दुहवीसम्मका १ सय ३३, ६६ र ३३ केभी सबस्टेशनबाट औद्योगिक फिडरमार्फत बिजुली आपूर्ति हुने क्षेत्रमा बिजुली अनियमित हुनसक्ने आयोजनाले जनाएको छ ।

१२ गतेसम्म आयोजना पूर्ण रुपमा बन्द गरेर भल्भ मर्मत गरिने र त्यसपछि भने विद्युत उत्पादन गर्दै रनर र डाइनामोको मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

आयोजनाबाट अहिले सुख्खायाममा पनि औसतमा ५६ मेगावाट बिजुली उत्पादन भैरहेको छ । कालिगण्डकी आयोजना सञ्चालनमा रहेकामध्ये देशकै सबैभन्दा ठूलो आयोजना हो ।  
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया