एनआईसी एशियामा खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा

 फागुन ९, २०७६ शुक्रबार ७:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख रुपैयाँभन्दा बढी फाइदा हुने भएको छ । बैंकले ल्याएको 'न्यू चमत्कारिक बचत खाता 'योजनाअन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरुलाई २ लाख १४ हजार फाइदा हुने भएको हो । ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउने छन् । 
यस योजना अन्तर्गत खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिइएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

२१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदाभन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर फाइदा हुने देखिन्छ।

जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमाअन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट ज्यान गएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ ।

१८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउने व्यवस्था रहेको छ । मेडिकल बीमाअन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधी खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना बापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । 

यस बचत खाता हुने ग्राहकहरुले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गरेमा उनीहरुलाई करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनिक शुल्कमा तथा ब्याजदरमा छुट, कुनै पनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा नि:शुल्क, निशुल्क होम बैंकिङ, स्वीप इन–स्वीप आउट जस्ता २५ सुविधाबाट  ८७ हजार रूपैयाँसम्मको फाइदा हुने बैंकले जनाएको छ ।

स्वीप इन-स्वीप आउट सुविधा  

यो एक विशेष किसिमको सुविधा हो जसमा ग्राहकले खोलेको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्न सक्नेछन् ।

यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने पनि बैंकको स्वीप इन-स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ । बचत खातामा ६ दशमलव ५ प्रतिशत ब्याजदर पाइरहेको ग्राहकले मुद्धती खातामा जाने बित्तिकै ९ दशमलव ७५ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया