म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौको गौशाला, चाबहिल, विमानस्थल, पुरानो बानेश्वर, रातोपुल लगायतका क्षेत्रमा गाडीकाे चाप बढेकाे छ ।
शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भीड बढेका कारण गाडी चापमा चलेकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गाडीको केही चाप रहे पनि अहिले नै बाटो मोडेर पठाउनुपर्ने अर्थात डाइभर्ट गर्नुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । चाप बढ्दै गए गौशाला क्षेत्रमा चल्ने गाडी डाइभर्ट गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
पशुपतिनाथ मन्दिरमा जानेहरुका गाडी राख्न तिलगंगा क्षेत्र, सिफल चौर र गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको पनि एसपी श्रेष्ठले बताउनुभयो ।
यसैबीच ट्राफिक प्रहरीले पशुपतिनाथ दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडी प्रयोग गर्न आग्रह गरेकोे छ ।
नीजि गाडी पार्किङमा समस्या हुने र चाप पनि बढ्ने भएकाले दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडीमा जान आग्रह गरिएको ट्राफिक प्रहरी प्रवक्ता, श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।