म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुकाे विश्वास रहेकाे छ।
शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीको घुईँचो लागेको छ ।
पशुपतिनाथको दर्शन गर्न आज बिहान तीन बजे नै पशुपतिका चार ढोका खोलिएको थियाे । यस वर्ष शिवरात्रिका दिन १० लाखभन्दा धेरै दर्शनार्थीले लाइन लागेको २ घण्टामै दर्शन गरिसक्ने गरि व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो ।
अहिले पशुपतिमा दर्शनका लागि पाँचवटा लाइन लगाइएको छ ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीमा रहेकाे फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाईन गरी दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।