म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका बसाेबास लागि अयोग्य अवस्थामा पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।
उपत्यका भरिकै हावाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय ४० सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।
गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँकाे कारण उपत्यकाकाे प्रदूषण बढेकाे प्रवक्ता जोशीले बताउनुभयो । केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ । बढिरहेको प्रदूषणकै कारण तुवाँलो लागेको श्रेष्ठले बताउनुभयो । जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ ।
प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्यान्सर समेत हुने खतरा रहने वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठले बताउनुभयो ।
बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरको सुझाव छ । मास्क प्रयोग गर्दा हावाको प्रदूषणबाट हुने जोखिम केही घटेपनि रोक्नै भने नसकिने भएकोले प्रदुषित हावा भएको ठाउँमा सकेसम्म कम हिँडडुल गर्नु सबैभन्दा राम्रो उपाय भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।