काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै
मंसिर ११, २०८१ मंगलबार
बाँके - नेपालगञ्ज उपमहानगरपालिका-११ मा ट्र्याक्टरको ठक्करबाट शनिबार अपराह्न एक वृद्धको ज्यान गएको छ ।
लु ३ त ५४३२ नम्बरको ट्र्याक्टरले सडकमा हिँड्दै गरेका ९० वर्षीय साजिर जसगढलाई ठक्कर दिँदा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिनुभयो ।
ट्र्याक्टरको ठक्करबाट घाइते भएका जसगढलाई उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा ज्यान गएकाे हाे । ठक्कर दिने चालक र ट्र्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा ट्राफिक व्यवस्था अव्यवस्थित हुँदै जाँदा सडक दुर्घटना बढ्दै गएका छन् ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर नगरभित्र यातायात व्यवस्था सुदृढ गर्न लागिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।