सेक्युरिटी प्रेस प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ : कांग्रेस सह-महामन्त्री महत

 फागुन ११, २०७६ आइतबार १६:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताउनुभएको छ ।

आइतबार रिपाेर्टर्स क्लबमा आयाेजित साक्षात्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई माथिल्लाे तहबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने बताउनुएको हो ।

उहाँले यस विषयमाथि प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताउनुभयो । ‘हामीले याे प्रकरणमा विरोध गरिरहेका छाैँ । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन्, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ । सबै काण्डहरुमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’, उहाँले भन्नुभयो ।

महतले एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । नेपालको विकासमा ठूलाे रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पार्नुभयो । 

प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउँदै आएका छन् ।

नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो । कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया