म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने घाेषणा गरेका छन् ।
सङ्खुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहीले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी छोटो समयमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न लागेकाे जानकारी गराएका हुन् ।
आठ पटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टाँसिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथातर्फ लागेको छ ।
आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतर्फ खिच्न 'विन्टर सिजन' अर्थात् जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताउनुभयो ।
उहाँले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभए पनि निकै छाेटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पुर्याउन खोजिएको बताउनुभयो ।
आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा बिरलै हुने गरेको र यसअघि सन् १९८० र सन् १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताउनुभयो । तर यसपटक आफूहरुले यही फेब्रुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।