विश्वकै वृद्ध प्रधानमन्त्री महाथिरले दिए राजीनामा

 फागुन १२, २०७६ सोमबार १३:१०:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे । 

महाथिर मोहम्मद गएको चार दशकदेखि मलेसियाको केन्द्रिय राजनीतिमा सक्रिय थिए । उनी सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि सन् २०१८ मा नजीब रज्जाकलाई हराउँदै महाथिर मोहम्मदले फेरि सत्तामा पुनरागमन गरेका थिए । रज्जाक सरकारी कोषसँग सम्बन्धीत करौडौँ रकमकाे घोटालामा संलग्न थिए ।

गएको केही दिनदेखि महाथिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको बताइएको थियो । जसका कारण महाथिरले मलेसियाका सुल्तान अहमद शाहलाई आफ्नो राजीनामा सुम्पिएका हुन् । 

 महाथिर लामो समयसम्म बार्सिन नेसलन पार्टीको सदस्य थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया