चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन याैन दुर्व्यवहार मुद्दामा दोषी ठहरिए

 फागुन १३, २०७६ मंगलबार ८:१२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिन यौन दुर्व्यवहार र बलात्कार मुद्दामा दोषी ठहरिएका छन् । वाइनस्टिनविरुद्ध ८० जनाभन्दा धेरै महिलाहरुले यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए । 

तर पाँच जना महिला र सात जना पुरुषको ज्युरीले पाँच दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टिन ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहरिएका हुन् । 

यो विषयमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको छ । 

वाइस्टिनमाथि दुई जना महिलालाई बलात्कार र यौन आक्रमण गरेको आरोपमा लस एन्जेल्समा मुद्दा चलिरहेको छ । 

तर ६७ वर्षीय वाइनस्टिनमाथि ‘फस्र्ट डिग्री रेप’ अर्थात् बलात्कार जस्तो कुनै गम्भीर विषयमा दोषी साबित भएका छैनन् । 

चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोव लगायत हलिउडसँग जोडिएका चर्चित महिलाहरुले हार्वी वाइनस्टिनमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए । उनीविरुद्ध कैयौँ महिलाहरुले अघि सरेपछि अभियान मजबुत हुँदै गएको थियो । त्यसपछि विश्वभरका महिलाहरुले आफूसँग भएको यौन दुर्व्यवहारकाे अनुभव सामाजिक सञ्जालमा साझा गरेका थिए । 

वाइनस्टिनलाई हलिउडको सबैभन्दा शक्तिशाली हस्तीमध्ये एक मानिन्छ । उनी हिलारी क्लिन्टन र बराक ओबामाको पार्टीलाई चन्दा दिने व्यक्ति पनि हुन् ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया