ट्रम्पलाई दिइने रात्रिभोजमा सोनियालाई निम्तो आएन, मनमोहन सिंह नजाने

 फागुन १३, २०७६ मंगलबार ११:१४:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा मङ्गलबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोजको आयोजना गरेका छन् । 

तर यो रात्रिभोजलाई लिएर विवाद सुरु भएको छ । काङ्ग्रेस नेता तथा लोक सभामा नेता प्रतिपक्ष अधीर रंजन चौधरी पछि पूर्व प्रधानमन्त्री मनमोहन सिंहले पनि रात्रिभोजमा जान अस्वीकार गरेका छन् । 

सञ्चारमाध्यमका अनुसार पहिला मनमोहनले रात्रिभोजको निम्तो स्वीकार गरेका थिए तर सोमबार उनले समारोहमा उपस्थित हुन नसक्ने बताए । 

काङ्ग्रेस नेता सोनिया गान्धीलाई रात्रिभोजमा निम्तो नपठाइएपछि मनमोहन चिढिएका हुन् ।

अधीर रंजनले भने, ‘पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई निम्ता गरिएको थिएन । प्रधानमन्त्री नरेन्द्र मोदी लगातार विपक्षी नेताहरुलाई यसरी नै नजरअन्दाज गर्दै आइरहेका छन् । अमेरिकामा भएको हाउडी मोदी कार्यक्रमको क्रममा त्यहाँका दुवै मुख्य विपक्षी दलका नेताहरुलाई निम्ता गरिएको थियो ।’ 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया