काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको विरोध र समर्थन गरिरहेका समूहबीच हिंसा हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ ।
दुई समूहबीचकाे झडपमा अन्य ३५ जना घाइते भएका छन् । मङ्गलबार बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि एक जना प्रहरी र तीन जना सर्वसाधरणको ज्यान गएकाे थियाे ।
झडपले हिंसाको रुप लिएपछि दिल्ली मेट्रोले सुरक्षाको कारण देखाउँदै जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेव र शिव विहारको स्टेशन बन्द गरेको छ । झडपले हिंसाको रुप लिएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले उपराज्यपाल अनिल बैजल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठक बोलाएका छन् ।
यसैबीच अमेरिका र भारतबीच मङ्गलबार विभिन्न विषयमा सम्झौता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई दिने भ्रमणका क्रममा भारत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न विषयमा सम्झौता हुने टाइम्स अफ इण्डियाले जनाएको छ ।
तर के विषयमा सम्झौता हुने भन्ने बारेमा खुलाइएको छैन । दुई नेताबीच अहिले हैदराबादमा छलफल भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।