म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर दुघर्टनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।
मन्त्रालयले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनाएको समितिले तयार पारेको प्रतिवेदन अनुसार खराब मौसम र पाइलटले उचित समयमा निर्णय लिन नसक्दा हेलिकप्टर दुघर्टना भएको थियो । दुर्घटनाको क्षेत्रमा त्यो दिन तीव्र हावा र हिमपात हुँदा हेलिकप्टर अनियन्त्रित भएको र त्यो बेला पाइलटले परिस्थिति सम्हाल्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
पाइलटले पहिले नै होस गुमाएको हुनसक्ने प्रतिवेदनले देखाएको छ । हेलिकप्टरले जमिन छाड्दाबित्तिकै फेरि अवतरणको कोसिस गरे पनि ३५ सेकेन्डभित्रै अनियन्त्रित भएर दुघर्टना भएको समितिको ठहर छ ।
यस्तै हेलिकप्टरको अगाडिको सिट र पछाडिको सिटमा बस्ने यात्रुको तौलका कारण पनि हेलिकप्टर सन्तुलनमा नरहेको प्रतिवेदनले देखाएको छ । खासगरी पाइलटसँगै २ जना मात्रै बस्नुपर्ने भए पनि ३ जना यात्रु बस्दा हेलिकप्टरको अगाडिको भाग धेरै झुकेको हुन सक्ने पनि देखिएको छ ।
२०७५ सालको फागुन १५ गते पाथिभरामा एअर डाइनेस्टीको हेलिकप्टर दुघर्टना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका चालक प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
छानबिन समितिको प्रतिवेदन यस्तो छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।