म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - नेपाल ट्रष्टले श्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको छ ।
मंगलबार श्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका छन् । उक्त समयमा विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष हुनुहुन्थ्यो ।
ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको ट्रष्टका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बताउनुभयो ।
तत्कालीन समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा ट्रष्टको संरक्षक रहेका बेला साविकको बालाजु ८, मातातिर्थ १, सतुंगल, थानकोट महादेवस्थान लगायतका क्षेत्रमा रहेका जग्गामा फिर्ताका लागि आयोगमा उजुरी दिएको हो ।
२०६९ भदौ ११ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेर मोहीका नाममा नामसारी भएको थियो । ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ रहेको छ ।
यसैगरी नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको छ ।
ट्रष्टको सम्पत्तिमध्ये ६ स्थानमा लिजमा रहेका छन् । गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालीन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।