दिल्लीकाे झडपमा ज्यान गुमाउनेको संख्या १० पुग्याे

 फागुन १३, २०७६ मंगलबार २०:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको विरोध र समर्थन गरिरहेको समूहबीच झडप हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

उपचार गराइरहेका केही घाइतेको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन् । झडपमा ४८ प्रहरीसहित १५० जना घाइते भएका छन् ।  झडपपछि गृहमन्त्री अमित शाहको नेतृत्वमा बसेको बैठकमा प्रहरीले देखाएको व्यवहारको आलोचना भएको खबरमा उल्लेख छ ।

यस्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले घाइतेहरुलाई भेट्नुभएको छ । 
 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया