विप्लव नेतृत्वको नेकपाले जुम्लामा दोस्रो पटक स्याउ रोप्याे
फागुन १२, २०८१ सोमबार
भक्तपुर - सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीमा रहेकाे क्वारेन्टाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन मङ्गलबार त्यहाँ पुग्नुभएका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।
उहाँले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सीसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गर्नुभएको हो ।
सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताउनुभयो । उहाँहरुले भन्नुभयो, 'हामी यहाँ सुरक्षित छौँ, हामीलाई आवश्यक परेको कुनै पनि सामान तुरुन्तै पाउने गरेका छौँ, यहाँ भएकाका परिवारले कुनै चिन्ता लिनुपर्दैन, हामी खुशी छौँ ।'
सांसद बस्नेतसँग उहाँहरुले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधिनै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो ।
क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताउनुभयो ।
उहाँलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गर्नुभएका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भए पनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।