मुक्तिनाथ विकास बैंकको आकर्षक ब्याजदरका दुई कर्जा योजना

 फागुन १३, २०७६ मंगलबार २०:३१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुक्तिनाथ विकास बैंकले दुई वटा कर्जा योजना ल्याएको छ ।

पहिलाे याेजना अनुसार बैैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घरजग्गातथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व–लगानीमा लाभ लिनेगरी फाइनान्स सुविधा प्रदान गर्नेछ ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।यो योजनामा घर पूँजीकर्जामा आकर्षक ब्याजदरमा १५ वर्षको लागि लिन सकिनेछ । 

मुक्तिनाथ सरल व्यावसायिक कर्जा

बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यसबाट विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालु पूँजी स्व–लगानीमा लाभ लिनेगरी उद्योग,व्यापार एवं सेवामूलक संस्था, व्यवसाय सञ्चालनको लागिआवश्यक पर्ने संरचना÷पूर्वाधारमालाग्ने

पूँजीगत खर्च परिपूर्ति र मौज्दात, आसामी, पेश्कीलगायतका लागि आवश्यक हुने पूँजीका लागि प्रदान गरिनेछ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आइरहेको छ । यस बाहेक, प्रविधिमाआधारित मोबाइल बैंकिङ्, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदानगर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया