दृष्टि आइ केयरले १६ वर्षमुनिका विद्यार्थीकाे निःशुल्क आँखा परीक्षण गर्ने

 फागुन १३, २०७६ मंगलबार २१:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दृष्टि आइ केयर सिस्टमले सामुदायिक विद्यालयका विद्यार्थीका लागि निःशुल्कआँखा परीक्षण एवं चश्मा सहयोग गर्ने भएको छ ।

जायसको सहयोगमा दृष्टि आई केयर सिस्टम र आलोका भिजन कार्यक्रमसँगको साझेदारीमा विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिनेछ । यस कार्यक्रमको सुरुवात धादिङ जिल्लाको गल्छी गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमाअध्ययनरत १६ वर्ष मुनिका विद्यार्थीबाट गरिने दृष्टि आइ केयर सिस्टमका कार्यकारी प्रमुख डा. भाइराजा श्रेष्ठले जानकारी दिनुभयो ।

आँखा परीक्षणको पहुँचबाट बञ्चित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिनुकासाथै आर्थिक अभावले चस्मा प्रयोग गर्ने अवसरबाट वञ्चित विद्यार्थीहरुलाई निःशुल्क चस्मा उपलब्ध गराएर बाल अन्धोपन निवारण गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले बताउनु भयो ।

आलोका भिजनका कार्यक्रम प्रमुख डा.प्रेम जीतले दृष्टि आई केयरसँगको साझेदारीमा निःशुल्कआँखा परीक्षण र चश्मा सहयोग कार्यक्रममार्फत विद्यार्थीहरुकोआँखासम्बन्धी समस्याको समाधान गरी उनीहरुको शिक्षा हासिल गर्ने अभियानमा मद्दत गरिने बताउनु भयो ।

गल्छी गाउँपालिकाकाअध्यक्ष कृष्णहरी श्रेष्ठले मोबाइल, कम्प्युटर एवं टेलिभिजनलगायतका डिभाइसको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा प्रतिकूल असर परिरहेको अवस्थामा निःशुल्कआँखा परीक्षण एवं चश्मा वितरण कार्यक्रमले ठूलो राहत हुने बताउनु भयो ।

आँखामा ठूलो समस्या नपरी आँखा परीक्षण नगर्ने प्रवृत्तिले बालअन्धोपन बढ्दै गएको र यस कार्यक्रमबाट सम्पूर्ण सामुदायिक विद्यालयमाअध्ययनरत विद्यार्थीको अनिवार्य आँखा परीक्षण हुने हुँदा विद्यार्थीहरु लाभान्वितहुने दृष्टि विशेषज्ञ अशेष आचार्यले बताउनु भयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया