कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी

 फागुन १४, २०७६ बुधबार ९:११:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ ।

अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ ।

सम्भावित खोपको पहिलो परीक्षण आउँदाे अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय १५ पुगेको छ ।

चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् । इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएकाे बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Ram

    Feb. 26, 2020, 9:31 a.m.

    कुवेत खिरान रिसोर्ट # कोरोनाभाइरस बिरामि हरूको लागि थप क्युरेन्टाइन केन्द्र हुनेछ, करिब 40,000यात्रु छुट्टी पछि देश फर्कनेछ्न, सबैलाइरिजोर्ट मा राखिने छ।कुवेत

  •  0 Reply

तपाईको प्रतिक्रिया