सुनकाे भाउ घट्याे

 फागुन १४, २०७६ बुधबार १०:५१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ बुधाबार ताेलामा पाँच सय रुपैयाँले घटेको छ । सुन ताेलाकाे ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो ।

सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेपछि पछिल्लाे केही दिनयता अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया