'ट्राफिक प्रहरीमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनुपर्छ'

 फागुन १४, २०७६ बुधबार १२:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी सङ्गठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताउनुभएको हो ।

उहाँले ट्राफिक प्रहरी सङ्गठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझ बढी परिवर्तनको आवश्यकता रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अनुशासन पालना गर्ने कुरामा अझ बढोत्तरी भएर जाओस्, हिजो तपाईँहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अब चाहिं हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेन जस्तो अनभुति तपाईँहरुलाई होस् ।'

परिवर्तन हुने कुरामा प्रहरी कर्मचारीले उदाहरणीय काम गरेर प्रहरी सङ्गठनलाई परिवर्तन गराउन सक्ने र ट्राफिक प्रहरीमाथि लाग्ने आरोपबाट बँच्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया