राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, बिहीबार पाटन नगरपालिकामा सार्वजनिक बिदा

 फागुन १४, २०७६ बुधबार १३:१७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि सुदूरपश्चिमका पाँच जिल्ला भ्रमण गर्नुहुने भएको छ ।

तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही बेरमा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । उहाँले दिउँसो २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्नुहुनेछ ।

बिहीबार दिउँसाे २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेषा पूजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

भण्डारीले बिहीबार दिउँसो ३ बजे पाटनमा बनेको भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्नुहुनेछ । त्यसअघि उहाँले दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि विशेष पूजा गर्नुहुनेछ ।

आउँदाे शुक्रबार १६ गते बिहान १० बजे डडेलधुरा रहेकाे उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी १७ गते काठमाण्डाै फर्किने कार्यक्रम छ । यसैबीच राष्ट्रपति भण्डारीको भ्रमण कार्यतालिका तय भएसँगै बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया