दिल्ली हिंसाको चौथो दिन, ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

 फागुन १५, २०७६ बिहिबार ८:३८:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसामा बुधबारसम्म २७ जनाको ज्यान गएको छ । 

नागरिकता कानुनविरुद्धको प्रदर्शनले हिंसाको रुप लिँदा अन्य दुई ५० जना घाइते भएका छन् । जीटीबी अस्पतालमा २५ र जेपी अस्पतालमा दुई जनाको ज्यान गएको बताइएको छ । 

उत्तर–पूर्वी दिल्लीको चान्द बाग इलाकामा बुधबार आईबी अधिकारी अंकित शर्माको शव फेला परको प्रहरीले जानकारी दिएको छ ।  

हिंसाको तीन दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरुलाई शान्तिपूर्वक रहन र भाइचारालाई नबिर्सन आग्रह गरेका छन् । 

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले हिंसा प्रभावित इलाकामा सेना तैनाथ गरिने बताएका छन् । 

यसैबीच राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) का डीसीपी अजित डोभाल हिंसा भड्किएको इलाकामा पुगेर स्थितिको बारेमा जानकारी लिएका छन् । 

दिल्ली प्रहरीले हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र एक सय ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिएको छ । यसैबीच प्रहरीले घटनाको बारेमा जानकारी दिन ११२ नम्बरमा सूचना दिन आग्रह गरेको छ । 

हिंसाले उग्र रुप लिएपछि गएको २४ घण्टामा केन्द्रीय गृह मन्त्री अमित शाहले तीन पटक बैठक बोलाइसकेका छन् ।   

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया