जापानकाे 'डायमण्ड प्रिन्सेस' पानीजहाजबाट भारतले नेपालीकाे उद्धार गर्‍याे

 फागुन १५, २०७६ बिहिबार १०:३८:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसका कारण जापानको समुद्री तटमा रहेको क्रुज शिपबाट भारतले एक सय १९ जना भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ ।

एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो । 

‘डायमण्ड प्रिन्सेस’ क्रुज शिपबाट भारतीयलाई निकाल्न मद्दत गरेको भन्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले जापानी अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘एअर इण्डियाको जहाज भर्खरै टोक्योबाट दिल्ली आइपुगेको छ । कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका एक सय १९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ । एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु ।’

उद्धार गरेर ल्याइएका मध्ये १६ जना भारतीय नागरिक भाइरसको चपेटामा परेका छन् । उनीहरु सबैलाई १४ दिनसम्म हरियाणाको भारतीय सेनाको मानेसरमा रहेको संगरोध सुविधा केन्द्र पठाइएको छ । 

वुहानबाट फर्किनेहरुमा बङ्गलादेश, म्यानमार, मालदिभ्स, दक्षिण अफ्रिका अमेरिका र मदागास्करका नागरिक पनि थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया