दिल्लीमा हिंसा : नालीमा २ वटा शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

 फागुन १५, २०७६ बिहिबार १३:१६:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्र रुप लिएकाे छ । 

बिहीबार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव भेटिएको छ । गएको बुधबार पनि खजूरी खासको नालीमा आईबी अधिकारी अंकित शर्माको शव भेटिएको थियो । अब दिल्ली हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । 

दिल्लीको दङ्गाग्रस्त इलाकामा अझै पनि तनाव छ । गएको बुधबार राति पनि हिंसाका घटनाहरु घटेका छन् । प्रदर्शनकारीहरुले ज्योतिनगरमा अशोक नगर फ्लाइओभर नजिक मोटरसाइकल जलाएका छन् । 

जाफराबाद, मौजपुर, चान्दबाग, गोकुलपुरी र आसपासको इलाकामा शान्ति देखिए पनि अझै डर र त्रासको वातावरण छ । धेरै पसलहरु बन्द छन् भने ढोका र झ्यालमा हिंसाको निसाना देख्न सकिन्छ ।  

हिंसा रोक्नको लागि सुरक्षाबलले प्रभावित इलाकामा मार्चपास पनि गरेका थिए । उत्तर–पूर्वी इलाकामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ छन् । यो इलाकामा सयभन्दा धेरै दमकल तैनाथ गरिएको अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

गएको चार दिनदेखि उत्तर–पूर्वी इलाकामा भइरहेको हिंसामा सयौँ घाइते भएका छन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Hari acharya

    Feb. 27, 2020, 2:33 p.m.

    धर्म अफिम हो भन्ने भनाई कता कता जायज लाग्छ, अति सर्वत्र बर्जयत,

  •  0 Reply

तपाईको प्रतिक्रिया