म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन यूरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।
बिहीबार काठमाण्डौमा एक कार्यक्रमकाे आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना कार्यान्वयन गर्ने गरी युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको हो । कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा कार्यान्वयनमा आउने भएको छ ।
परियोजनाको लगानी ८ मिलियन युरो बराबरको हुनेछ जसमध्ये अन्तर्राष्ट्रिय व्यापार केन्द्रले ५ मिलियन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालमा रहेकाे युरोपियन युनियनको कार्यालयले संयुक्त रुपमा ३ मिलियन खर्च गर्नेछन् ।
कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कफी र पश्मिनाको उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा व्यापार अभिवृद्धि गर्नका लागि उक्त सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले परियोजनाले कुनैपनि व्यक्तिले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने वातावरण निर्माण गर्ने समेत बताउनुभयो ।
आयोजनाले क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा नेपाली उद्यामीहरुको सहभागिता बढाउने लक्ष्यसमेत लिएको छ । त्यस्तै यो परियोजनाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा निर्यात प्रवर्द्धन केन्द्रको क्षमता अभिवृद्धि गर्नुका साथै व्यापार नीतिहरुमा सुधार गर्ने र व्यापार सम्झौताको कार्यान्वयनमा जोड दिनेछ ।
त्यस्तै एक व्यापार सुविधा र निर्यात नीतिको विकास गर्ने छ भने कफी तथा पश्मिना उत्पादन गर्ने साना किसानहरुलाई बजारमा जोडने र यसको मूल्य श्रृङ्खलामा क्षमता अभिवृद्धि गर्नमा जोड दिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।