सरकारविरुद्ध लेख्न पार्टीकै नेता सक्रिय भएका छन् : प्रधानमन्त्री ओली

 फागुन १५, २०७६ बिहिबार २०:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताउनुभएको छ ।

बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटीमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाउनुभएको हो । 

पार्टीको संगठन व्यापक, सुदृढ र गतिशील भए पनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताउनुभयो । 

‘पार्टी विभिन्न कमिटिबाट सञ्चालित छन् । विभिन्न कमिटिका नेताहरु छन् । लेख्ने बेलामा, छाप्ने बेलामा पार्टीका विरुद्ध खोइरो खनेर छापेका छन् । त्यो कुनै महान काम होइन । त्यस्ता कुरा पार्टीले समयक्रममा मूल्याङ्कन गर्छ’, उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताउनुभयो । ‘बिजुली, पानी, बाटोघाटो नपुगेको समाचार लेख्दैनन् । धेरै वर्षपछि  म आफ्नो गाउँ पुगेँ । गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाजागाजासहित बाटो शिलान्यास गराए । त्यो दुर्गम ठाउँमा १० औँ हजार मान्छेले उत्सव मनाएकाे देखेर पत्रकारहरु धुरुधुरु रोए’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री अ‍ोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया